नजरको नि भिडियो हेरौ कस्तो छ त

0
15

सुदुर पस्चिमको गायन प्रतियोगिताका बिजेता तथा नयाँ गायक अनुज जोशिले आफ्नो पहिलो गीत ‘नजर’ सार्वजनिक गरेका छन
। रोजगारिको सिलसिलामा हाल बिदेशमा भए पनि उनले नेपाली गीत संगीतको जगेर्ना गर्नैको लागि भए पनि दु:खजिलो गरेर गीत बनाएको गायक् जोशी बताउछन । पहिलो पल्ट नै उनले नेपाली गीत संगीतका सिद्ध हस्त व्यक्तित्वसँग काम गर्ने अवसर पाएक छन । चर्चित गीतकार आनन्द अधिकारिको शब्द तथा अहिलेका निकै चर्चित संगीतकार दिपक शर्माको संगीतमा उनले निकै कर्णप्रिय स्वर दिएका छन । उनको गीत सुन्दा लाग्छ उनी भोलिको पार्स्व गयक बन्नेमा कुनै शन्का छैन ।
उसो त नजर गीतको भिडियो पनि बनिसकेको छ सिक्किम र पोखाराका बिभिन्न भागहरुमा खिचिएको भिडियो केही समयपछी रिलिज हुनेछ ।
बहु चर्चित निर्देशक प्रसन्न पौडेलले निर्देशन् गरेको ‘नजर’ भिडियो लाई बिदुर पाण्डेले छायान्कन गरेका हुन भने सम्पादन तथा रङरोगन कार्य टेकेन्द्र शाहले गरेका छन । भिडियोमा नायक प्रमोद भार्द्वाज तथा नव प्रवेशी नायिका अस्मिता केसिको जोड्दार अभिनय देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस