बिन्ध्यबासिनी म्यूजिक प्रालिका सञ्चालक सँग स्पष्टीकरण माग

0
23

प्रस्तोता समाज नेपालले बिन्ध्यबासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको विषयमा लिखित स्पष्टीकरण माग गरेको छ । समाजले टेलिकमबाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखेर कम्पनीको नाममा आर्थिक तथा नैतिक अधिकार हनन् गरेको, रोयल्टी संकलन व्यवस्थापन, वितरण र प्रतिलिपी अधिकारका सम्बन्धमा भ्रामक दुश्प्रचार गरेकोल भन्दै लिखित स्पष्टीकरण मागेको हो ।

यसअघि पनि कलाकार र स्रष्टाहरूको चरम शोषणा गर्दै आएको आरोप लागेका बिन्ध्यबासिनी म्युजिक प्रालि र त्यसका सञ्चालक सुवास रेग्मीले सर्जकलाई अपमान गर्ने गरेको ठहर समेत गरेको छ । समाजले रेग्मी र उनको कम्पनीलाई ७ दिनभित्र स्पटीकरण चेतावनी समेत दिएको छ । कम्पनी र रेग्मीमाथिका आरोप पुष्टि हुने सबै प्रमाण सुरक्षित रहेको समाजले एक बिज्ञप्ती मार्फत जनाएको छ । सुवास रेग्मी र विन्ध्यबासिनीले उचित स्पष्टीकरण नदिएसम्म उक्त कम्पनीलाई व्यापारिक प्रयोजनमा सहयोग गर्दै आएका संस्थाहरूलाई समाजले पत्राचार गरी सहयोग गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस