सूचिन्दा सार्वाजनिक हुदै

1
125

गायक बीरेन्द्र श्रेष्ठले आफ्नो छोरीको नामबाट एल्वम सार्वजनिक गर्दै हुनुहुन्छ । ताप्लेजुङ्को सिनाम गा.बि.स.को पञ्चमीमा जन्मेका श्रेष्ठ हाल कावेली ईनर्जी लिमिटेडमा प्रवन्धकको रुपमा कार्य गर्नुहुन्छ । आफ्नो कामबाट प्रत्येक दिन समय निकाली सागिँतिक रियाजमा ब्यस्त हुने श्रेष्ठको स्वरमा जादु रहेको श्रोताहरुको दावी छ । पूर्वको हरेक सागिँतिक कार्यक्रममा श्रेष्ठको आवाजको माग हुने गरेको छ । सिनाम स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नु भएका गायक बीरेन्द्र श्रेष्ठ अर्मिनियाको विश्वबिद्यालयबाट २०५३सालमा ईन्जिनियरिङ् ग्राज्यूएट गर्नु भएको छ। 

नेपाल बिद्युत प्राधिकरणबाट आफ्नो करियर सुरु गर्नु भएको गायक श्रेष्ठले बिभिन्न आयोजनाहरुमा आयोजना प्रमुखको रुपमा कार्य गरिसक्नु भएको छ । श्रेष्ठको पहिले स्वरको रेर्कड २०७१ फागुनमा तिरमिर भयो आखाँको ज्योति भन्ने गीत बाट सुरु भई तिम्रो मन संग आज, घर हाम्रो लेकैमा, जादु (डिस्को गीत), मिठो मिठो माया (लोक आधुनिक), हत्केलामा मुठ्ठी माटो (स्वदेश गान) लगाएत दर्जन बढी गीत रेर्कड भई सकेका छन् । जस मध्य तिरमिर भयो आखाँको ज्योती भन्ने गीतको म्यूजिक भिडियो तयार भई श्रोता,दर्शक समक्ष आई सकेको छ । जसमा चर्चित नायक तथा मोडल पल शाह र सुप्रिया कटवालले अभिनय गरेका छन् गीतको शब्द बुद्धि मोक्तानको रहेको छ भने यस गीतमा चर्चित सगिंकार शम्भु राईको सगिंत रहेको छ ।