सुरज गुरुङ फेरी एक दशक पछि ” जाडो सारो भो ” भन्दै आए

0
16

एक दशक अगाडि निकै नै चर्चित गीत ” लाउन त लाइदिये माय मैले नबुझ्ने लाई बुझ्ने गरि ” गाइसकेका गायक सुरज गुरुङ अहिले एक दशक पछि ” जाडो सारो भो ” बोलको गीत लिएर आएका छन । प्रायः सबै मानिसको जीवनमा मेल खाने शब्द सहितको गीत लिएर आएका छन ।
उक्त गीत ” जाडो सारो भो ” मा आवाज को साथै संगीत भर्ने अनि शब्द लेख्ने प्रयास पनि आफैले गरेका छन भने संगीत सम्योजन अहिलेका निकै ब्यस्त एरेन्जर बिनय केटु ले गरेका छन ।
उक्त गीतमा निकै नै चर्चित शो का भि.जे. अनि मोडेल शिशिर भन्डारी ले गरेका छन भने उनलाइ साथ दिएकी छिन चितवनकी मोडेल सुमनले ।
यस समय सापेक्ष गीतलाइ निकै नै रमाइलोसंग निर्देशन गरेका छन निर्देशक कुमार शाह ले भने छायांकन गरेका छन चितवनका निकै प्रतिभाशाली छायाकार राजकुमार लामिछाने ले गरेका छन ।

हेरौ भिडियो 

प्रतिक्रिया दिनुहोस