स्याङ्जामा भयो अर्थहिन प्रेश युनियनको जिल्ला अधिबेशन

0
470

नेपाल प्रेस युनियन स्याङ्जाको अधिवेशन प्रक्रिया र एजेन्डा बिना सम्पन्न भएको छ । नेपाल प्रेस युनियन स्याङ्जाको ८अौ अधिवेशन तथा १०अौ साधारण सभा चरम बिबादको चुली थुपार्दै सम्पन्न भएको छ। उदघाट सत्र सकिए सगै सुरु भएको बन्द सत्रमा समितीले कुनैपनी एजेन्डा ल्याउन सकेन र प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्न सकेन । प्रक्रिया मिचेर अध्यक्षले मनोमानी नया सदस्य थप गरेको बिषय उठेपछि केहीबेर बिबाद उत्पादन भएको थियो। जिल्ला कार्यसमितिको बैठक बिना १४ जना सदस्य थप गरिएको खुलेको छ।

बन्दसत्रको समापन तथा कार्यसमिती बिघटनको घोषणा समेत नगरी जबर्जस्ती प्रदिप कोईराला नेतृत्वको समिती निर्वाचित भएको घोषणा गरेको छ । लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको भातृ सस्थाको नेतृत्व चयनमा अलोकतान्त्रिक प्रक्रिया बाट मध्ये रातमा जबर्जस्ती घोषणा गर्नुले लोकतन्त्रको उपहास भएको सदस्यहरुको गुनासो छ । कुसल नेतृत्व छनोट गर्न जिल्ला सदरमुकाम पुगेका पार्षद अाफ्नो अधिकार केही सिमित ब्यक्तिले मुठ्ठीमा लिएर सिङगो सस्थालाई हस्तछेप गरेकोे भन्दै निस्पक्ष निर्वाचन प्रक्रिया बाट नेतृत्व छनोट गर्न पाउनु पर्ने भन्दै घर फर्केका छन । बर्तमान जिल्ला नेत्रित्वको चरित्रले गर्दा उद्घघाटन गर्न आएका नेपाली काङ्रेशका केन्द्रिय सदस्य धनराज गुरुङ समेत बिवादमा मुछिएका छन्। 

प्रतिक्रिया दिनुहोस