कांग्रेस एकताबद्द भएर लाग्नु को बिकल्प छैन – पौडेल, अब कार्यकर्ताले नै संगठन जोगाउनुपर्छ पूर्व जिल्ला सचिब भट्टराई

0
234

१०५ अौ वि पी जन्मजयन्ती को अबसर मा नेपाली कांग्रेस स्याङजाले गाउँ नगरका ९७ वटै वडा मा विपी जयन्ती तथा स्व. पंगेनी को शोक मनाउने निर्णय सगै सबै वडामा प्रतिनिधि खटाएकाे छ । विपी को चिन्तन एबम जिल्ला सभापती स्व.नेता कमल पंगेनी प्रती शोक र कार्यकर्ता को भेटघाट साथै संगठन विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम अायोजना गरेको हो ।

भीरकोट ६ को कार्यक्रममा संबोधन गर्दै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं युवा नेता बिष्णु पौडेलले गएको प्रदेश सभा निर्वाचनमा अाफु एउटा प्रतिनिधि पात्र मात्रै भएकोले अाफुभन्दा सिङ्गो पार्टी र सच्चा कार्यकर्ता माथी अन्तरघातले गम्भीर चोट पुर्याएको प्रति दुःख व्यक्त गरे ।उनले व्याक्तिगत स्वार्थका अाडमा यसरी कांग्रेसको खोल अोडेर कांग्रेसलाई नै हराउन लागीपर्ने अन्तरघाती हुन भन्दै कोठे गुटवन्दी गर्ने, पार्टीको हित बिपरित कामगर्ने र विपीको तस्बिरमा फुल चढाउनेले सधै झुक्याउन सक्ने भएकाले सतर्क रहन कार्यकर्तालाई सुझाब दिदै पार्टी संगठन र सुदृढीकरणमा एकताबद्द भएर लाग्न अनुरोध गरेका छन ।

कांग्रेस माथि चौतर्फी प्रहार भएका कारण देश गन्तव्य बिहिन हुन पुगेको जिकिर गर्दै कांग्रेस एकढिक्का भएर विपीले देखाएको बाटोमा हिड्नु पर्नेमाजोड दिए । पौडेलले स्वर्गीय पंगेनीको निधनले स्याङजा काङ्ग्रेसका एक नक्षत्रको अन्त्य भएको बताउदै शोक समेत व्यक्त गरेका छन ।कार्यक्रममा नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष सुनिता उच्चै, ट्रेडयुनियन स्याङ्जाका सहसचिव सागर कुँवर लगायतले मन्तव्य राखेका थिए ।, यस्तै गाउँ र नगर का वडा मा महासमिती सदस्य , महाधिवेशन प्रतिनिधि , क्षेत्रीय समिती का पदाधिकारी, जिल्ला सदस्य लगाएत सम्पुर्ण नेता कार्यकर्ताले अाफु लाई खटाइएको ठाउमा कार्यक्रम सम्पन्न गरेका छन् ।

त्यस्तै वालिङ नगरपालिका वडा ७ केवेरको कार्यकर्ता भेटघाट बिपी जयन्ती एबम् नेपाली काग्रेस जिल्ला सभापति कमल प्रसाद पंगेनीको शोक सभामा बोल्दै पूर्व जिल्ला सभापति लक्ष्मण प्रसाद भट्टराईले यो बेला एक आपसमा झगडा गरेर बस्ने भन्दा पनि संगठन गर्ने समय भएको बताउनु भएको छ । पार्टी अहिले सरकारमा छैन त्यसैले गाउँ गाउँमा स्थानिय सरकारको काम कारवाही हेर्ने र गलत र भ्रस्ट्रचार गर्नेलाई सचेत गराउन कार्यकर्तालाई आग्रह गर्नु भयो । प्रत्यक गाउँ गाउँमा कार्यकर्तालाई छाया सरकारको रुपमा काम गर्न कार्यकर्तालाई नेता भट्टराईले निर्देशन दिदै अहिले जिल्लाले एक योद्धा गुमाएको छ भन्दै अब कार्यकर्ताले नै संगठन जोगाउनु पर्ने बताउनु भयो । यता चापाकोट ३को कार्यकर्ता भेला भने महाधिबेसन प्रतिनिधि लक्ष्मीकान्त रेग्मीको प्रमुख आथित्यमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस