प्रेस युनियन स्याङ्जाको अधिबेशन असोज २० मा हुने

0
16

नेपाल प्रेस युनियन स्याङ्जाको दशौं साधारणसभा एवम् आठौं जिल्ला अधिबेशन असोज २० गते स्याङ्जामा हुने भएको छ । युनियनको सोमबार स्याङ्जा सदरमुकाममा बसेको जिल्ला कार्यसमितिको बैठकले असोज २० गते साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकले अधिबेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गर्नुकासाथै सदस्यता नविकरण, प्रतिभा छनौट उपसमिति गठन गरेको छ । बैठकले प्रेस युनियनका जिल्ला उपाध्यक्ष रेशमलाल कोईरालाको संयोजकत्वमा मञ्च ब्यवस्थापन तथा अतिथि सत्कार उपसमिति, सचिव तोलाकान्त बगालेको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कोषाध्यक्ष विष्णु अधिकारीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरिएको छ भने प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देलको संयोजकत्वमा प्रतिभा छनौट उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस