वालिङमा सहकारी द्वारा फुल खेती

0
117

 नेपालमै पहिलो पटक शहकारीले पुष्प खेती सुरु गरेको छ । स्मार्ट वालिङ को अवधारणा बोकेर अघि बडिरहेको वालिङमा पर्यटन विकासको तिब्र गति सगै वालिङ मा रहेको मेलमिलाप बहुउद्देशिय सहकारी सस्था ले व्यबसायीक फुल खेती शुरु गरेको हो । सहकारिले वालिङ ८ कटौजेमा करिब ५ रोपनी जग्गा लिजमा लिएर फुल खेती शुरु गरेको सस्थाका अध्यक्ष टंक प्रसाद तिवारीले वताएका छन । उनले प्रकृतिमा सौन्दर्यता अाउने,प्रदुषण कमहुने र पर्यटन स्वागत सत्कार का साथै सभा समारोहमा खपत हुने बस्तु भएको भन्दै वालिङमा ठूलो मात्रामा फुल बाहिरबाट अायात हुने हुदा वालिङमै उत्पादन गरेर अात्मनिर्भर गराउने उद्देश्यका साथ सस्थाले शुरुगरेको जनाए।

‎मौसमी तथा बेमौसमी फुल, शयपत्रीफुल, थुङ्गेफुल, लगायतका उन्नत जातका फुल उत्पादन गर्ने लक्ष राखेको सस्था का प्रवन्धक धनप्रसाद तिवारीले वताएका छन । बिरुवासमेत अाफैले उत्पादन गर्नको लागि टनेल निर्माण गरियको छ । पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुँदै गएको वालिङ मा फुल खेतीलाई व्यबसायीक रुपमा विकास गर्न सके प्रसस्त अाम्दानी हुने शेयर सदस्यहरुले विस्वास लिएका छन। सहकारी मार्फत शुुरु गरिएको यो खेतीलाई अझ व्यापक बनाउने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस