लायन्सद्वारा पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

0
29

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले श्री कन्या आधारभूत विद्यालय वालिङ ५ आरुपाटामा बिद्यार्थीका लागी पोशाक ,शैक्षिक सामाग्री तथा खेलकूद र स्वास्थ्य सामाग्री बितरण गरेको छ । यस क्लबले आफ्ना सदस्यहरु बाट सहयोग संकलन गरी सामाग्री निःशुल्क हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मा लायन्स क्लब का एक्सटेन्सनल चियर लायन कमल बहादुर बस्नेतले सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने फेसन रोक्न सबै मिलेर लाग्नु पर्नेमा जोड दिदै सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा र विद्यार्थी आकर्षण का कार्यक्रम ल्याउनु पर्ने बताए । उनले दुर दराज़ का गाउमा रहेका बालबालिका लाई स- साना सहयोगले पनि उनिहरुको शैक्षिक भविष्य निर्माणमा ठुलो राहत हुने विस्वास व्यक्त गरे ।
कार्यक्रम मा विद्यालय का अध्यक्ष महेश गुरुंग शैक्षिक सामाग्री संकलन संयोजक एवं लायन्स क्लब का सदस्य रुक बहादुर गुरुंग लगाएत ले मन्तव्य राखेका थिए ।
विद्यालय मा अध्यनरत ३३ जना विद्यार्थी हरुलाई पोशाक ,कापीकलम ,खेलकूद सामाग्री,सरसफाईका सामाग्री ,स्कुल व्याग ,जुत्ता तथा पिउनेपानी को लागी टुमलेटबोतल समेत गरी करिब ६० हजार बराबरको सामाग्री बितरण गरिएको थियो । चार्टर प्रेसिडेन्ट बासुदेब कोइराला को स्वागत सगै सुरु भएको कार्यक्रम मा प्रधानाध्यपक सुमिता गुरुंग ले धन्यवाद ब्यक्त गरेकी थिईन भने क्लब का अध्यक्ष दया शंकर गौतम को अध्यक्षता र शिव नेपालीको संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस