नेपालमा कम्युनिस्ट तानाशाह रोक्नका लागि पनि कांग्रेसको नेत्रित्व आवश्यक छ । उपप्रधानमन्त्री श्रेष्ठ

0
70

उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री तथा नेपाली काङ्ग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर दुईका उमेदवार गोपालमान श्रेष्ठले मानिसको शत्रु भनेकै गरीवि र अशिक्षा बताउँदै गरीवि र अशिक्षा हटाउन आफु उम्मेदवार उल्लेख गर्नुभएको छ । हिजो नेपाली काग्रेसको चुनावि कार्यक्रम अन्तर्गत क्षेत्र न २ का बिभिन्न चुनावी कार्यक्रममा उहाँले यस्तो वताउनुभएको हो । कार्यक्रम मा बोल्दै नेपालमा कम्युनिस्ट शासन आए प्रजातन्त्रको हत्या हुने हुनाले अब राष्ट्रले पूर्ण बहुमत सहितको काङ्ग्रेसको नेत्रित्व मागेको बताउनु भएको छ ।

आगामी मंसिर २१ गते दोस्रो चरणको निर्वाचन तोकिएको स्याङ्जाका उम्मेदवारहरु मत माग्दै गाउँ गाउँ पसेका छन् । कांग्रेस बहुल जिल्ला भनिए पनि स्थानीय तहको निर्वाचनमा वामपन्थी मत हाबी भएपछि अब प्रजातन्त्रमा प्रहार हुन थाल्यो भन्दै काङ्रेश उम्मेदवारहरु जोडतोडका साथ मत माग्दै गाउँ पसेका हुन् । स्थानिय चुनाबको पारीणामलाई जसरी पनि परिवर्तन गर्ने र स्याङ्जामा फेरी काङ्रेशको आधार क्षेत्र बनाउन लागेको बताउनु हुन्छ बिद्यार्थी नेता एबम प्रदेश २ क का कङ्रेशका उमेदवार बिष्णु पौडेल। यस अघी भन्दा स्याङ्जामा नतिजा फरक आउने प्रस्ट देखिदै आएको छ । यसपटक काङ्रेशले प्रदेश सभामा चारै जना युवा उमेदवार रहेका कारण पनि स्याङ्जामा नतिजा फरक आउने आकलन गर्न सकिन्छ ।

स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नंम्बर १ मा काँग्रेसबाट राजु थापा र वाम गठबन्धनका नारायण मरासिनीको सामाना गर्दैछन् । भने प्रतिनिधिसभा क्षेत्र नंम्बर २ मा कांग्रेसका नेता उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँग वाम गठबन्धनबाट एमालेकी केन्द्रिय सदस्य पद्यमा अर्याल चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस