उपप्रधानमन्त्री श्रेष्ठ प्रत्यक्ष चुनाव लड्ने भएपछी स्याङजाली जनतामा खुशियाली

0
149

नेपाली कांग्रेसका नेता एबम् बर्तमान सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र न २ बाट प्रत्यक्ष चुनाव लड्ने भएपछी स्थानिय जनतामा खुशीयाली छाएको छ । बिकासबादी नेताका रुपमा परीचित नेता आफ्नो क्षेत्रबाट चुनावमा उमेदवार भएपछी युवाहरुमा उत्साह बढेको कुरा तरुण दल गल्याङ नगर अध्यक्ष कृष्ण भट्टराईले बाटएका छन् । यस क्षेत्रमा बिकासवादी नेताले आफु आउन चाहेकाले जनताले जिताएर स्याङ्जाको मुहार फेर्ने आस गरेको हुँदा, अनुभवी, केन्द्रिय सरकारमा पहुच भएको हुँदा यस क्षेत्रमा गोपालमानको बिकल्प नभएको कुरा चापाकोट नगरपालिकाका बोटेटारका स्थानिय किसान माधब भण्डारीको विश्वाश छ।

केही दिन अघी मात्र नेपाली काङ्रेस केन्द्रिय समितिले सिर्ष नेताहरु चुनावमा लड्ने क्षेत्रको निर्णय गरेको थियो । गोपालमान श्रेष्ठ जिताउ अभियानलाई शसक्त बनाउदै प्रजातन्त्र जोगाउन आज तरुण दल गल्याङ नगरपालिकाले युवा भेला सम्पन्न गरेको छ । यदी यो चुनावमा नेपाली कांग्रेसले हार्यो भने कम्युनिस्टले प्रजातन्त्रको गला रेटेर अधिनायकत्व लाद्नेहुँदा प्रजातन्त्र जोगाउन पनि नेपाली कांग्रेसलाई जिताउनु पर्ने धारणा वालिङ नगरपालिकाका युवाको बिचार छ । अहिले सम्म देशमा आएका परिवर्तन नेपाली कांग्रेस बिना सम्भव नभएको हुँदा देशको सम्रिद्धीको ढोकाखोल्न सक्ने क्षमता नेपाली कांग्रेस संग मात्र रहेको हुँदा गोपालमान श्रेष्ठलाई प्रतिनिधि सभाको सदस्यमा जिताउनु भनेको प्रजातन्त्र जोगाउन एक ईटा थप्प्नु हो भन्ने धारणा नेपाली कांग्रेस स्याङ्जाका नेता अर्जुन प्रकाश अर्यालको छ ।

प्रतिक्रिया दिनुहोस